८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूँजी बजारका लागि ब्याजदर मुद्दा होइन’



अ+ अ-

बुटवल । लामो समय शेयरबजारमा लगानी गरेका लगानीकर्ताले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको बताएका छन् । आज बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् ।

लगानीकर्ताले भनेका छन्, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।” शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताउनुभयो ।

उहाँले पुसको १५ गतेसम्म शेयरबजार १००० अङ्कभन्दा तल गए लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्दै बजार नघटे १०० अङ्क बढ्ने जिकिर गर्नुभयो । “हामीले त्यतिबेला लगानी गर्दा कम्तीमा दुई वर्षमा प्रतिफल पाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

लगानीकर्तामा आत्मविश्वासको कमीले पनि बजार बढ्न नसकेको भन्दै ढकालले अर्थमन्त्री डा युवराज खतिवडा शेयरबजारको बाधक भएको आरोप लगाउनुभयो । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो ।