९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङ्गठन दाङमा एकता टुङ्गियो



अ+ अ-

दाङ । प्रेस सङ्गठन दाङको एकता प्रक्रिया टुङ्गोमा पुगेको छ । आज बसेको प्रेस सङ्गठन दाङको कार्यदल बैठकले दुवै पूर्वघटकहरु मिलाएर ३९ सदस्यीय कार्यसमिति बनाइएको छ ।

सङ्गठनमा पूर्वप्रेस चौतारीबाट २१ र पूर्वप्रेस सङ्गठनबाट १८ गरी ३९ सदस्यीय कार्यसमिति बनेको हो । प्रेस सङ्गठनको संयोजकमा प्रकाश चौधरी र सहसंयोजकमा जेएन सागर रहनुभएको छ । सङ्गठनको कार्यसमितिमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोखरेल, दशरथ घिमिरे, जनक नेपाली, केशरमान बिसी, सुधासुमन ढकाल, नवीन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय बिसी, युगराज पोखरेल, दीपक बोहोरा, गिरिराज नेपाली, राजेश चौधरी र शान्त बुढामगर रहनुभएको छ ।

यसैगरी शिवराज पन्थी, रमा पोखरेल, वसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकास डाँगी, भागबत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र शैलेष अधिकारी पनि कार्यसमितिमा रहनुभएको छ ।

सङ्गठनका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा सङ्गठनका प्रदेश संयोजक सविन प्रियासनले सङ्गठनलाई भावनात्मकरुपमा एकता बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । केन्द्रीय सदस्य टीका बस्नेतले प्रेस सङ्गठनलाई दाङमा नयाँ उचाइका साथ एक भएर काम गर्न आग्रह गर्नुभयो ।