२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ बाट नेकपाकी विद्या भट्टराई आठ हजार मतान्तरले विजयी, पौडेलले दिए बधाई



अ+ अ-

पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३९४ मत पाएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

नेपाली काँग्रेसका उम्मेदवार खेमराज पाैडेल (वायाँ) विजयी विद्या भट्टराइलाइ बधाइ दिँदै ।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यही कारण रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा १४ मंसिरमा उपचुनाव भएको थियो ।

मत गणना सकिए लगतै कांग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई माला र खादा लगाई बधाई दिएका थिए । उनले राम्रोसँग काम गर्न समेत आग्रह गरे ।

कास्की २ को चुनावमा समाजवादी पार्टी तेस्रो स्थानमा रह्यो । उसका हेमराज गुरुङले १ हजार ९२२ मत पाए । राप्रपाका रोमबहादुर भण्डारीले ११ हजार १५३ मत पाउँदा साझा पार्टीकी राजनी केसी ९४२ मतका साथ पाँचौं स्थानमा रह्यो ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले यो उपचुनावलाई मिनी जनमत संग्रह भनेको थियो र कास्की २ बाट विजयको विगुल फुक्ने दाबी गरेको थियो । तर चुनावको पूर्वसंध्यामा पार्टी प्रवेश गरेकी केसीले साझाको अपेक्षा अनुसार मत पाइनन् ।

यस्तै विवेकशील नेपाली दलकी जमुना शर्माको मत १०० पनि कटेन । उनले मात्र ७७ मत पाइन् ।