२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

के काँग्रेसले धरान कब्जा गर्ला ? काँग्रेसलाई ७ सय ७ मतको अग्रता



अ+ अ-

सुनसरी धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सात सयभन्दा बढीको मतान्तर कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८२७ र नेकपाका प्रकाश राईले ११ हजार १२० मत पाएका छन् ।

राति ८ बजेसम्मको मतगणना सकिँदा कांग्रेसको मतान्तर ७ सय ७ पुगेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत ल्याएका छन् ।

उपमहानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर १०, ११ र १३ को मतगणना जारी छ । यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका तिलक राईको १६ हजार १०२ मत थियो ।

उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २३ हजार ४ सय ९ मतमात्रै गणना भएको छ ।