८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के काँग्रेसले धरान कब्जा गर्ला ? काँग्रेसलाई ७ सय ७ मतको अग्रता



अ+ अ-

सुनसरी धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सात सयभन्दा बढीको मतान्तर कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८२७ र नेकपाका प्रकाश राईले ११ हजार १२० मत पाएका छन् ।

राति ८ बजेसम्मको मतगणना सकिँदा कांग्रेसको मतान्तर ७ सय ७ पुगेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत ल्याएका छन् ।

उपमहानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर १०, ११ र १३ को मतगणना जारी छ । यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका तिलक राईको १६ हजार १०२ मत थियो ।

उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २३ हजार ४ सय ९ मतमात्रै गणना भएको छ ।