२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले दक्षिणी लेबनानमा दुईवटा गाडीलाई लक्षित गरि आक्रमण गरेको बताएको छ । यसैबीच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो ।

लेबनानका सूचना तथा सञ्चार मन्त्री पल मोर्कसले पत्रकारहरूमाथि भएको इजरायली आक्रमणको निन्दा गर्नु भएको छ । सामाजिक सञ्जालमा मोर्कसले पत्रकारहरुको सुरक्षा र कामको स्वतन्त्रताको ग्यारेन्टी तुरुन्तै सुनिश्चित गर्ने आवश्यकतालाई पुष्टि गर्दै यस घटनाको जिम्मेवार इजरायल भएको बताए। यस अघि, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन गरेको दाबी गरेपछि दक्षिणी लेबनानमा आफ्नो सेना र वायुसेनाले आक्रमण गरेको बताएको थियो ।

आईडीएफले विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको सालुकी क्षेत्रमा घटना भएको बताएको छ, जहाँ आईडीएफले सम्भावित खतरा पत्ता लगाएको दाबी गरेको छ । सेनाले स्थितिलाई नियन्त्रण गर्न हवाई आक्रमणको जवाफ दिएको र हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गर्ने प्रयाससहित यस क्षेत्रमा अपरेसन जारी रहेको बताएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै