८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास



अ+ अ-

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् ।

त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताउनुभयो । स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगैचामा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताउनुभयो ।

जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगँैचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताउनुभयो ।
डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताउनुभयो ।