१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले कांग्रेस संसदीय दलको बैठक सुरु साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने, कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा सरोकारवालासँग छलफल सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह



फाइल फोटो
अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकार त्यसमा प्रतिवद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको जानकारी दिँदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्नेगरी तथा समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने गरी छलफल गरेर पास गरिने बताउनुभयो ।

उहाँले सङ्घीय सरकारको परिपत्रले विशेषगरी निजी क्षेत्रका मिडिया समस्या परेका उल्लेख गर्दै यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिनुभयो ।

निजी तथा सरकारी सञ्चारमाध्यमलाई निश्चित मापदण्ड बनाएर अगाडि बढाउन मुख्यमन्त्री शाहले सङ्घी सरकारलाई आग्रहसमेत गर्नुभयो । सूचना सम्प्रेषण सँगसँगै सञ्चार क्षेत्रमा लागेकाको जीविकोपार्जनको वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले मिडिया क्षेत्रको समग्र अवस्थाका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराउनुभएको थियो । उहाँले निजी क्षेत्रका मिडिया धारासायी बन्दै गएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।