११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गरी नागरिकको जीवन सुरक्षित बनाउनु रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, बागमती प्रदेश समितिले आज ललितपुरको, बालकुमारीले काठमाडौँमा आयोजना गरेको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा उहाँले सवारी चालकले ट्राफिक नियमको पालना गरे कुनै पनि प्रकारको कारबाही आवश्यक नपर्ने स्पष्ट पार्नुभयो ।

प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको नियमित निगरानी, सचेतना र नियम कार्यान्वयनका कारण पछिल्ला महिनाहरूमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको दरमा कमी आएको छ ।

चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी यातायात व्यवसायी तथा चालकहरूलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन र नियम पालनाको महत्वबारे जानकारी गराइएको थियो ।