२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह



अ+ अ-

काठमाडौं । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गरेका छन्।

इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गरेका हुन्।

इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरमा जहाज कब्जा गरेको पुष्टि गरे । जबरजस्ती जहाज आक्रमणले र धम्कीले जहाजका चालक दल र उनीहरूका परिवारको जिवन खतरामा परेको उनले उल्लेख गरे ।

कानुनी र सुरक्षा चिन्ता व्यक्त पार्दै उनले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताएका छन्।

इरवानीले जहाज जफत संयुक्त राष्ट्रसङ्घ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन गरी भएको जनाइएको छ । यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्वले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उनले उल्लेख गरे।

इरवानीले संयुक्त राष्ट्र सङ्घलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विनासर्त रिहा गर्न दबाब दिन आग्रह गरेका छन् ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै