२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासङ्घको प्राङ्गणमा १८ सदस्यहरुको सदस्यता कायमका लागि धर्ना



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिीय कार्यकारिणी समिति सदस्यको बैठक बसिरहँदा सदस्यता कायमका लागि १८ ओटा वस्तुगत सङ्घले धर्ना दिइरहेका छन्। अदालतसम्म पुगेको सदस्यता विवादसहितको निर्णय गर्न महासङ्घ केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।

सदस्यता सिफारिस समितिले १८ ओटै वस्तुगत सङ्घलाई सदस्यता दिन नसकिने कारणसहित प्रतिवेदन बुझाएको छ । तर सो सिफारिस संयोजक गोल्छाको एकल भएको दाबी छ। बैठकमा बुझाउनुपर्ने प्रतिबेदन एकदिन अगाडि नै सार्वजनिक हुनु ठूलो गल्ती हो र यो महासंघमा यसरी सिनियरहरुले अनुशासन बाहिर जानु अत्यन्तै दुःखद् भएको विषय महासंघ भित्रै उठेको छ ।

उच्च अदालत पाटनले सदस्यता विवाद टुङ्ग्याएर मात्रै साधारण सभा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशपछि गत चैत २९ र ३० गते हुने भनिएको साधारण सभा स्थगित भएको थियो ।

महासङ्घले यही वैशाख २१ र २२ गते साधारण सभा गर्ने तयारी गरेको छ । सदस्यता विवाद भने कायमै छ । यसरी सदस्यताको टुंगो नलागेअगाडि बढ्न नसक्ने कुरा उठाउँदै यदि अगाडि बढे पुनः अदालत जाने कुरा १८ का सदस्यहरु बताउँछन् ।