२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौदा म्याद सकिएको एक वर्षमा पनि कालिकोटमा बनेन पुल



अ+ अ-

काठमाडौं । निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि कालिकोटको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन ।

पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो ।

कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन ।

पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए । “२०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ”, उनले भने ।