२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु, समसामयिक राजनीति र संगठन सुदृढीकरण मुख्य एजेन्डा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज काठमाडौँमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको उक्त बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा दिउँसो ३ बजेदेखि सुरु भएको हो। बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहेको पार्टी  जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तथा आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साथै, हाल देशमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर पार्टीको धारणा र रणनीति तय गर्ने विषय पनि एजेन्डामा समेटिएको बुझिएको छ।