३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा

विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’

विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’
अ+ अ-

नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ । समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ ।

आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरुले गरेका छन् । विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शिर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन् । आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरु तयार रहेको विद्यार्थी नेता बताउँछन् ।

नेपाली काँग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले परिणाम नदिने बताउनु भयो । संयुक्त विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै नेता महरले राजनीति र विद्यार्थी आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘प्रश्नपत्र ४८ सालको छ, पाठ्यक्रम पनि त्यही बेलाको छ र हामी ८२ सालमा त्यही उत्तर लेखेर पास हुन खोज्दैछौँ । समाजको मनोविज्ञान र प्रविधि फेरिइसक्यो, तर हाम्रो काम गर्ने शैली अझै पुरानै छ । पेन्टियम–३ को कम्प्युटरले आजको समयमा काम गर्दैन, सोसाइटीले अपडेट खोजेको छ । विद्यार्थी राजनीति समाप्त गर्ने कुरा होइन तर यसको चरित्रमा सुधार जरुरी छ ।’

उहाँले विगत ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा नगरेका कारण र युवा पुस्ताको भावना बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गर्नुभयो ।

विद्यार्थी राजनीतिलाई विस्थापित गर्ने प्रयास भइरहेको प्रति संकेत गर्दै महरले यसलाई हटाउने नभई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयहरूबाट ब्यानर र कार्यलयहरू हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयको नियमावली र संविधानले ग्यारेन्टी गरेको अधिकार भएको दाबी गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको इच्छाले खारेज नहुने बताउनु भयो । पराजुलीले विद्यार्थी आन्दोलनको जन्म सडक र संघर्षबाट भएको भन्दै यसलाई कसैले पनि अन्त गर्न नसक्ने जिकिर गर्नुभयो ।

पराजुलीले वर्तमान विद्यार्थी नेतृत्वलाई आफ्ना माउ पार्टीका शिर्ष नेताहरूको छायाँ मात्र नबन्न आग्रह गर्नुभयो । उहाँले वैकल्पिक शक्तिका नाममा आएकाहरुलाई सडकमा आएर लोकतान्त्रिक प्रतिष्पर्धा गर्न चुनौती समेत दिनुभयो ।

विद्यार्थी आन्दोलनको ओरालो यात्रा विश्वविद्यालयहरूबाट पिसिएल (प्रविणता प्रमाण पत्र तह) विस्थापित गरेपछि शुरु भएको पराजुलीको तर्क छ । पराजुलीले विद्यार्थी नेताहरूलाई आन्तरिक विवाद छोडेर सडक संघर्षमा उत्रिन निर्देशन दिनुभयो । विद्यार्थी आन्दोलन नेतालाई प्रश्न गर्ने र जवाफदेही बनाउने पाठशाला भएको भन्दै उहाँले सडकबाटै वर्तमान बेथितिको ठेगान लगाउनुपर्नेमा जोड दिनुभयो ।

पराजुलीले भन्नुभयो, ‘खबरदार ! बालेनको डायरीबाट विद्यार्थी आन्दोलन जन्मिएको होइन । बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त वा खारेज पनि हुँदैन । नवीन पौडेलजी शेरबहादुर देउवाको अनुहार जस्तो होइन, नेविसंघको सैद्धान्तिक आलोकमा उभिनुपर्छ । दीपक धामीजी ओली जस्तो होइन, अनेरास्ववियु जस्तो देखिनुपर्छ ।

विजय सापकोटा र महेश श्रेष्ठजीहरू पनि प्रचण्ड वा माधव नेपालको अनुहार जस्तो होइन, विद्यार्थी आन्दोलनको चरित्र बोकेर अघि बढ्नुपर्छ । विद्यार्थी नेता भनेको दृढता, आँट र साहस भएको मान्छे हो । सत्ताको घमण्ड गर्ने र लफङ्गाहरूको शासनसँग डराउनु पर्दैन । एउटै व्यक्तिले भए पनि जिन्दावाद र फासिस्ट सरकार मुर्दावाद भन्न सक्ने आँट गर्नुपर्छ ।’

नेकपा एमालेका युवा नेता समिक बडालले नेपालको विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्र भएको बताउनु भयो । बडालले विद्यार्थी आन्दोलनको गरिमा र इतिहासलाई कसैले पनि कम आँक्न नहुने बताउनु भयो । उहाँले विगतमा राजतन्त्रको सान्दर्भिकता विरुद्ध बहस चलाउने तागत विद्यार्थी संगठनहरूसँगै रहेको स्मरण गर्दै अहिले विद्यार्थी संगठनको अस्तित्वकै लागि बहसमा जुट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उल्लेख गर्नुभयो ।

बडालले भन्नुभयो, ‘कलेजहरू सचेत विद्यार्थी पढ्ने ठाउँ हुन् । त्यहाँ फासीवादी सत्ताका रोबोटहरू उत्पादन हुँदैनन् । विद्यार्थी संगठनहरू भनेको विचार प्रस्फुटित हुने नर्सरी हुन् । यी नर्सरीहरूलाई कुनै फाउण्डेसनका कृत्रिम अभियानहरूले केही समय ओझेलमा पार्लान्, तर समाप्त पार्न सक्दैनन् । आन्दोलन सधैं एउटै दिशामा जाँदैन ।

यसका छालहरू कहिले तल त कहिले माथि हुन्छन् । यसबाट दिग्भ्रमित नभई उच्च मनोबलका साथ लाग्न जरुरी छ । कानून नपढेकाहरूले सरकार चलाइरहेका छन् । लुकी–लुकी कसैको डिजाइनमा विद्यार्थी आन्दोलनमाथि प्रतिवन्ध लगाउने र कलेजहरूमा प्रहरीका बुटहरू छिराउने षड्यन्त्र भइरहेको छ। यसको प्रतिवाद विद्यार्थीहरूले नै गर्नुपर्छ ।’

प्रशासनिक र कानूनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको आरोप लगाउनु भयो । –न्युज एजेन्सी नेपाल