३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

प्रदेशको प्रभावकारिता र सुशासन सुदृढीकरणमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई काँग्रेसको निर्देशन

प्रदेशको प्रभावकारिता र सुशासन सुदृढीकरणमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई काँग्रेसको निर्देशन
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकारको प्रभावकारिता र सुशासन सुदृढीकरणका विषयमा प्रदेशका मुख्यमन्त्री एवं सभापतिहरुसँग गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा भएको बैठकमा प्रदेश सरकारलाई जनसेवामुखी कसरी बनाउने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभएको हो ।

उहाँकाअनुसार छलफलमा प्रदेश सरकारको प्रभावकारिता, जनअपेक्षा सम्बोधन र सुशासनको सुदृढिकरणको विषयमा छलफल भएको हो । उहाँले अगामी आर्थिक वर्षको बजेट निर्माण, प्रदेश तहबाट जनसमस्याको समाधान र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई निर्देशन दिइएको छ ।

उहाँले भन्नुभयो, ‘प्रदेशका मुख्यमन्त्रीहरु र पार्टीका प्रदेश सभापतिज्यूहरु र पार्टीको कार्यसम्पदान समितिबिच छलफल भयो । प्रदेशहरुको औचित्य कसरी पुष्टि गर्न सकिन्छ ? प्रदेश सरकारको औचित्य पुष्टि गर्ने आधार, जनताको अवस्था परिवर्तन गर्न जनताको अपेक्षाहरुको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा नै हाम्रो छलफल भयो । र प्रदेशमा पार्टीको नेतृत्व गरिरहनुभएको साथिहरुले प्रदेशले अगामी बजेट निर्माण कसरी गर्ने ? जनताको समस्याको हल गर्न कसरी प्रदेशहरुलाई प्रश्तुत गर्ने यी विषयहरुमा हामीले सघनतापूर्वक छलफल गरेका छौँ । प्रदेश सरकारलाई जनसेवामा केन्द्रित हुने कुरामा नै छलफल केन्द्रित रह्यो ।’

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भएको बताउनुभयो । उहाँले प्रदेशमा मन्त्रालयहरूको संख्या घटाउन पार्टीले काम गरिरहेको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भयो । प्रदेशका मन्त्रालयहरु घटाउने विषयमा पनि छलफल भयो । आवश्यक मन्त्रालयहरु राख्नुपर्छ ।

अहिले हामीले गठबन्धनको सरकार बनाएका छौँ पार्टीले त्यसमा गृहकार्य गरेपछि हामी पनि त्यसमा सल्लाह गर्छौँ । र सकभर सुशासन कायम गर्नतिर हामी उद्धत हुनेछौँ । पार्टीभित्रको विवादको सम्बन्धमा सर्वोच्चको फैसलाअनुसार अगाडि बढ्नुपर्छ ।’

पार्टीभित्रको विवादका सन्दर्भमा सर्वोच्च अदालत को फैसलाअनुसार अघि बढ्नुपर्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल