७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

ऐतिहासिक असनको मौलिकता जोगाउन महानगरको सक्रियताः वडा–वडामा पुग्दै ‘गाडीरहित शनिवार’ अभियान

ऐतिहासिक असनको मौलिकता जोगाउन महानगरको सक्रियताः वडा–वडामा पुग्दै ‘गाडीरहित शनिवार’ अभियान
अ+ अ-

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंको ऐतिहासिक बजार असनलाई जीवन्त सङ्ग्रहालयका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिवार असनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले असन र वरपरका ऐतिहासिक क्षेत्रहरू केवल व्यापारिक केन्द्र मात्र नभई हाम्रो इतिहास, पहिचान र संस्कृतिको धरोहर भएको बताउनुभएको हो ।

असनको महत्वलाई जोगाउँदै यसलाई थप व्यवस्थित र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काठमाडौं महानगरपालिकाले विभिन्न पहल थालेको जानकारी दिनुभयो । डंगोलले शहर सधैँ गाडीका लागि मात्र नभई हिँडेर सहरी र सांस्कृतिक सुन्दरतालाई महशुस गर्न चाहने सर्वसाधारणका लागि पनि हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले ‘भेहिकल फ्रि सटरडे’ (गाडीरहित शनिवार) को अवधारणाको उद्देश्य शहरलाई शान्त बनाएर स्थानीय उपभोक्ता र पर्यटकलाई आनन्दसँग हिँडडुल गर्न दिने वातावरण सिर्जना गर्नु रहेको स्पष्ट पार्नुभयो ।

परम्परागत सहरको मर्म र मौलिकता विस्तारै लोप हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । हाल वडा नं. २७ बाट शुरु भएको यो अभियान वडा नं. २५ हुँदै क्रमशः २४, २३ र २२ वडासम्म विस्तार गरिने योजना महानगरले राखेको छ । साथै, असन वा यस वरपरका क्षेत्रमा कुन स्थानमा कुन ऐतिहासिक वा सांस्कृतिक महत्त्वको वस्तु वा स्थल छ भन्ने जानकारी दिन ‘इन्भेन्टरी’ वा ‘म्याप’ बनाउने गृहकार्य पनि महानगरले अगाडि बढाउने उहाँले बताउनु भयो ।

डंगोलले भन्नुभयो, ‘असन गाडी, मोटरसाइकल र स्कुटर गुडाउने ठाउँ मात्र होइन। यो हाम्रो बाजे–बज्यैको कथा सुन्ने, साना नानीबाबुहरूले खेल्ने र समाजको सम्बन्ध जोड्ने ठाउँ हो । असन, जनबहाल, मरू लगायतका क्षेत्रमा जोडिएका पारम्परिक पसल र संस्कृतिहरू फेन्सी पसलहरूको बढ्दो प्रभावले विस्थापित हुँदैछन्।

यसलाई पुनःस्थापना गरी जीवन्त बनाउनु अहिलेको आवश्यकता हो । महानगरले नेतृत्व त लिएको छ, तर यसको सफलता स्थानीय समुदायको सक्रिय सहभागितामा मात्र सम्भव छ ,। हेरिटेज साइटमा घर हुनु भनेको सजाय होइन, गौरवको कुरा हो । तसर्थ, यहाँका बासिन्दाले पनि यसबाट फाइदा लिन सक्ने वातावरण हामी सिर्जना गर्दै जानेछौँ ।’

डंगोलले असनलाई बुझ्न र यहाँको मूल्य–मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सपरिवार आउन, डबलीमा बस्न र स्थानीय इतिहासका कथा सुन्न सबै नगरवासीलाई आह्वान पनि गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल