१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति

२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
अ अ+ अ-

काठमाडाैँ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत सर्ट भई एकै घरमा १५ लाख बराबरको सुनचाँदी र नगद नष्ट भएको छ । यस्तै, सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठूलो क्षति पु¥याएको छ । रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ ।

गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ । मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । प्राधिकरणको रिपोर्टअनुसार वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकायको सक्रियता रहँदै आएको छ ।

सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन् । कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छिन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये ५ बाख्रा मृत र ७ घाइते अवस्थामा फेला परेका छन् । सबै घटनाहरूमा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।