५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ ।

घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजहरूका लागि हार्मुज जलक्षेत्र पूर्ण रूपमा खुल्ने छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गर्दै होर्मुज खोल्ने घोषणा सही कदम भन्दै यसको स्वागत गरे ।

उनले संयुक्त राष्ट्र सङ्घको अडान स्पष्ट रहेको बताउदै होर्मुजमा अन्तर्राष्ट्रिय जहाजको अधिकार र स्वतन्त्रता लगायतका सबै पक्षहरू पूर्ण रूपमा पुनस्र्थापित र सम्मान गर्नु पर्ने बताए ।

उनले यी युद्धविरामकोआशा व्यक्त गर्दे यो कदमले द्वन्द्वरथ पक्षहरू बीच विश्वास निर्माण गर्न र पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामको लागि जारी वार्तालाई बलियो बनाउन योगदान पुग्ने बताए ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले मध्य पूर्वमा हालको द्वन्द्व समाधान गर्न शान्तिपूर्ण बाटो खोज्ने कूटनीतिक प्रयासहरूलाई पूर्ण रूपमा समर्थन गर्ने महासचिवको प्रतिबद्धता पुष्टि गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हघि नै व्यावसायिक ढुवानीको लागि हार्मुज पूर्ण रूपमा खोल्ने इरानीे घोषणाको स्वागत गरेको घोषणा गरेेका थिए ।