११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

प्रअले अपाङ्ग भएकै कारण विद्यार्थीको भर्ना लिएनन्

प्रअले अपाङ्ग भएकै कारण विद्यार्थीको भर्ना लिएनन्
अ अ+ अ-

काठमाडौं । अपाङ्गता भएका एक बालकको विद्यालय भर्ना हुने चाहना प्रधानाध्यापकका कारण पूरा हुन नसकेको आरोप लगाइएको छ । काठमाडौँमै यसरी बालक स्कूल जानबाट वञ्चित भएका छन् ।

सरकारले सबैका लागि शिक्षा भन्ने नाराका साथ भर्ना अभियानसमेत चलाउँदै आएको छ । कोही पनि स्कूल जानबाट वञ्चित नहोस् भनेर सरकारले विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । सामान्य बालबालिकाभन्दा शारीरिक तथा मानसिकरुपमा प्रभावितका लागि त सरकारले विशेष व्यवस्था नै गरेको छ । तर पनि बालबालिका विभिन्न कारणले पढ्नबाट वञ्चित छन् ।

राजधानीको भीमसेनगोलाका बालक रिसन मानन्धर त्यही पीडितमध्येका एक हुन् । राजधानीको भीमसेनगोलास्थित बाल विकास केन्द्रका प्रधानाध्यापक कै कारण उनले पढ्न नपाएको आमा रेनुकाले दुखेसो गर्नुभएको छ । सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाका लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र । केन्द्रको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ ।

शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाकोे जीवन निर्वाह गर्न सजिलो होस् भनेर उनीहरुलाई यहाँ राखिएको हो । रेनुकाका सात वर्षीय छोरा रिसनको यो चाहना भने टुटेको छ । रेनुका गृहणी हुन् भने बुबा सञ्जय प्राइभेट कम्पनीका गाडी चालक हुनुहुन्छ । उहाँहरु डेरामा बस्छन् । सानैदेखि शारीरिकसँगै बौद्धिक अपाङ्गताले रिसनको उपचारमा रेनुकाले धेरै खर्च गर्नुभयो । उहाँले आफैँ थेरापी सिकेर बच्चालाई थेरापी गराएपछि पनि सफल हुन सकेन ।

संयोगवस उक्त बालविकास केन्द्रमा विदेशी दाताले अनुभवका आधारमा थेरापिष्टका रुपमा रेनुकालाई करारमा नियुक्ती दियो । उहाँले आफूसँगै छोरालाई पनि त्यही बालविकास केन्द्रमा लग्नुभयो । छोरालाई भर्ना गर्न त्यहाँकी प्रधानाध्यापक ज्योति खनालसँग कुरा राख्नुभयो । शुरुमा भर्ना गरेको बताए पनि राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले रिसनलाई भर्ना नगरेको खुलेको छ ।

रेनुकाले सम्झँदै भन्नुभयो, “प्रधानाध्यापकले तपाईको छोरा बौद्धिक अपाङ्गता होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउनुपर्छ भन्नुभयो ।” त्यसपछि उहाँलाई छाँगाबाट खसेजस्तो भयो । तै पनि उहाँले भनेकै डाक्टरकामा देखाएर ल्याएपछि प्रअ खनालले पुनः अर्को बाहना झिकेर बालक शारीरिक अपाङ्गता भएका छन् यो स्कूलमा बौद्धिक अपाङ्गताका लागि मात्रै हो भनेर जवाफ दिएको रेनुकाले दुखेसो गर्नुभयो ।

त्यसपछि स्कूलबाटै निकालेको रेनुकाले बताउनुभयो । बौद्धिक अपाङ्गतासँग सम्बन्धित सङ्संस्थाको चिठी लिएर आउँदासमेत निकालेको उहाँले बताउनुभयो । प्रअ खनालकै कारण राज्यले दिएको सेवा सुविधाबाट वञ्चित हुनुपरेको रेनुकाको आरोप छ ।

प्रअ खनालले रासससँग कुरा गर्दै रिसन बौद्धिक नभई शारीरिक अपाङ्गता भएका बालक भएको बताउनुभयो । उहाँले उक्त केन्द्रमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको मात्र पढाइ हुने भएकाले भर्ना नगरेको जानकारी दिनुभयो । रिसन सुतिरहने र उठ्न नसक्ने अवस्थाका बालक भएकाले पनि भर्ना नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ हिँड्नसक्ने बालबालिका तर बौद्धिक अपाङ्गता भएकालाई मात्र भर्ना गरिन्छ, रेनुकाले पुनः जागीरमा लगाउन भन्दै रिसले आरोप लगाएको हो, उहाँ करारमा हुनुहुन्थ्यो म्याद सकिएपछि जागीरबाट हटाइएको र त्यसपछि बालक भर्ना नगरेको बहानामा मलाई आरोप लगाइएको हो ।”