१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोडमा बन्यो झोलुङ्गे पुल



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ भएर बग्ने वनहरा नदीमा रु एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवागमन सहज बनेको छ । चारैतिरबाट नदी खोलाले घेरिएका चित्रपुर र तिलकी बस्तीका बासिन्दाको सुविधाका लागि पुल निर्माण गरिएपछि वर्षात्का बेला हुने अप्ठयारो हटेर गएको वडाध्यक्ष बाले रानाले बताउनुभयो ।

वर्षात्मा दोदा, वनहरालगायतका नदीको बहाव बढ्दा यस क्षेत्रका बासिन्दाको आवतजावत नै बन्द हुन्थ्यो । उहाँले भन्नुभयो, “पुल बनेपछि त्यो समस्या हटेको छ ।” नदीमा पुल नहुँदा वर्षात् आउनअगावै यस क्षेत्रका बासिन्दाले आवश्यक सामग्रीको जोहो गर्नुपथ्र्यो । गाउँमा बिरामी परे जोखिम मोलेर बाढी आएको नदी तर्नुपर्ने बाध्यता थियो । स्थानीय मङ्गल चौधरीले भन्नुभयो, “पुल निर्माणले त्यो सबै समस्या हटेर गएको छ ।” ठेकेदार कम्पनी थानी निर्माण सेवाले एक वर्षमा पुल बनाएको हो । पुलको लम्बाई २८३ मिटर छ ।