काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुअघि राष्ट्रपतिले विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेटेकी छन्। प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेका प्रधानमन्त्री ओलीलाई ३ बजे अस्पतालले डिस्चार्ज गर्ने भएको हो ।
गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।