९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको भिड ह्वात्तै बढ्यो



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५/७६ को असार मसान्तसम्म स्वदेशी पाँच हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

आव २०७४/७५ मा चार हजार ७४० पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी चार हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३/७४ को सोही अवधिमा निकुञ्जमा दुई हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । स्वदेशी दुई हजार ३७३, सार्क मुलुकका १३० र विदेशी १३७ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७२/७३ मा निकुञ्जमा एक हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी एक हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचार–प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढाउनका लागि गरिएका प्रयासले पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए। निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन् ।

एकपटक निकुञ्ज घुम्न आउने पर्यटक दोहोर्याएर घुम्नका लागि पुग्ने गरेको चौधरीले बताए । उनका अनुसार दैनिक सात देखि १० बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गाको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ ।

निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गेपुल, कालिकिचताल, निकुञ्जभित्रका सिमसार क्षेत्र र राना थारू घरवासलगायत छन् ।