२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा रात्रिकालीन बस सेवा शुरुः विद्यार्थी र श्रमीकका लागि बिहान ४ बजेदेखि बस सेवा सञ्चालनको तयारी



अ+ अ-

काठमाडाैँ । काठमाडौंमा नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवाको शुभारम्भ भएको छ ।  महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो सेवाको शुरुवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिवद्धता व्यक्त गरेकी हुन् । हाललाई दुईवटा रुटबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताइन् ।

रिङरोड र अन्य क्षेत्रमा पनि रात्री सेवाको माग भइरहेको उनको भनाइ थियो । रात्री सेवा मात्र नभई बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा सुरू गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्। यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । चार्जिङ स्टेशनको व्यवस्था भएपछि बिहानको सेवा पनि प्रभावकारी हुने उनले बताइन् । विगतमा रात्रिकालीन बस सेवा असफल हुनुको मुख्य कारण ‘नाफामुखी’ (प्रफिट ओरिएन्टेड) सोच रहेको उल्लेख गर्दै डंगोलले यसपटक सेवाको प्रभावकारितालाई जोड दिइने बताइन् ।

यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिका एक्लैले नभई उपत्यकाका सबै पालिकाहरूले अपनत्व लिनुपर्ने र वित्तीय साझेदारी गर्नुपर्नेमा उनले जोड दिइन्। रात्रीकालीन अर्थतन्त्र (नाइट इकोनोमी) र पर्यटन क्षेत्रसँग जोडिएका निजी संघसंस्थाहरूलाई पनि यसमा सहभागी गराइने उनले बताइन् । सेवालाई दिगो बनाउन एउटा छुट्टै कोष (फण्ड) खडा गर्ने योजना समेत रहेको उनले जानकारी दिइन्।

व्यवस्थित, सुरक्षित र वातावरणमैत्री यातायातको माध्यमबाट सिङ्गो काठमाडौं उपत्यकालाई अझ बढी गतिशील र सुरक्षित बनाउने लक्ष्यका साथ यो यात्रा शुरु गरिएको कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । २०८३ साल वैशाख १ गतेदेखि उपत्यकाका मुख्य रुटहरूमा राती ११ बजेसम्म बस सेवा सञ्चालन भएको हो । रात्रिकालीन समयमा काम गर्ने व्यवसायी, अस्पताल आवतजावत गर्ने यात्रु, आन्तरिक तथा बाह्य पर्यटक र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो सेवा शुरु गरिएको बताइएको छ ।

राती ८ बजेदेखि ११ बजेसम्म प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू सञ्चालन हुनेछन् पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (थानकोट चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सञ्चालन हुनेछ । मागका आधारमा क्रमशः चक्रपथ र भक्तपुर क्षेत्रमा पनि सेवा विस्तार गरिनेछ । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक–एक जना नगर प्रहरी पोशाकमा खटिनेछन् ।

२०८३ असार मसान्तसम्मको सञ्चालन खर्च साझा यातायात स्वयंले व्यहोर्नेछ । त्यसपछि टिकट आम्दानीले खर्च धान्न नसकेको अवस्थामा सम्बन्धित नगरपालिकाहरूले बजेट विनियोजन गरी शोधभर्ना गर्ने सहमति भएको छ । यसका लागि ‘रात्रिकालीन साझा बस सञ्चालन बास्केट फण्ड’ समेत खडा गरिनेछ ।