१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजनल पढाई: दलित विद्यार्थी जानै छाडे विद्यालय



अ+ अ-

वीरगंज । पर्साको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब, दलित छात्रछात्राहरू धान कटानीमा व्यस्त रहेका कारण विद्यालय जान छाडेका छन् । प्रत्येक वर्ष दश वर्षदेखि माथिका गरीब, दलित विद्यार्थीहरू धान–गहुँ काट्ने सिजनमा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । यसपटक पनि धान कटानीको बेला विद्यालयमा गरीब, दलित बालबालिकाहरूको संख्या घटेको छ ।

धान कटानी हुने ठाउँमा छुटेका धानका बाला बटुल्ने, खेतको धान कटानीमा संलग्न हुने जस्ता कार्यमा विद्यार्थीहरूलाई देख्न सकिन्छ । आर्थिक अवस्था कमजोर भएको कारण उनीहरूले धान र गहुँ कटानीको बेला विद्यालय नजाने र त्यसमा संलग्न हुने गरेका हुन् । पर्सागढी नगरपालिकाका शिक्षा शाखा संयोजक एवं नेरामावि बर्वाछटौलीका प्रअ रामबहादुर चौधरीले धान, गहुँ काट्ने बेलामा गरीब, दलित बालबालिकाहरूको अनुपस्थिति हुने गरेको बताए ।

उनले प्रत्येक वर्ष यो प्रक्रिया दोहोरिंदै आएको र यसपटक पनि बालबालिकाहरू धान काट्न, धानको बाला बटुल्न खटेकाले विद्यालय नआएका जानकारी गराएका हुन् । दलित, गरीबका बालबालिकाहरू विद्यालयमा छात्रवृत्ति वितरण र पोशाक वितरणमा अनिवार्यरूपमा उपस्थित हुने गरेका र नपाएपछि विरोध गर्दै आएको समेत उनले सुनाए ।

उनीहरुलाई विद्यालय भर्ना गराउन वर्षमा एकपटक विद्यालय भर्ना अभियान सञ्चालन गर्नुका साथै विद्यालय नआउने बालबालिकाका अभिभावक र विद्यार्थीलाई सम्झाउँदै आएको भएपनि प्रतिफल सन्तोषजनक नभएको प्रअ चौधरीले बताए । छात्रवृत्ति, पोशाक वितरणका लागि विद्यालयमा ६० प्रतिशत विद्यार्थीहरूको उपस्थिति अनिवार्य छ । तर गरीब, दलितको संख्या बढी भएको तर उनीहरू नै विद्यालय नआउँदा समस्या आउने गरेको उनले बताए । सौर्य दैनिकबाट