३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
अ+ अ-

काठमाडौँ। नेपाल सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । यसअनुसार मन्त्रालयको अनुरोधपछि अधिकांश अस्पतालहरूले बिदाको दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका भन्दै मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ ।

विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ । नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले सम्बन्धित सबै सरोकार भएकाहरूसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

उक्त कार्यविधि कार्यान्वयनमा नआउँदासम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ । मन्त्रालयले सम्पूर्ण सरोकार भएकाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सहकार्य र समन्वयको अपेक्षा गरेको छ । रासस