१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन



अ+ अ-

काठमाडौँ। शनिवार इटालीको राजधानी रोममा सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् ।

क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा छ । प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए ।

उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवा विरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल