२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको समृद्धि र विकासमा विज्ञान र प्रविधि उत्पादनको शक्ति प्रयोग गर्नुपर्छ’



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं क्रीतिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलन्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताउनुभएको हो । उहाँले विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा केही गर्न सकिदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने समेत बताउनुभयो ।

भवन शिल्यान्यस भएपछि बैज्ञानिकहरुले विश्व विद्यालयसँग भएका सबै उपकरणहरु प्रयोगमा आउने बताएका छन् । बैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माण पछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनिकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सिकने बैज्ञानिक रेग्मीले जानकारी दिनुभयो ।