२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी र इजिप्टका विदेशमन्त्रीहरूबीच क्षेत्रीय तनाव कम गर्न छलफल



अ+ अ-

काठमाडौँ। इराकी विदेशमन्त्री फुअद हुसेनले बगदादमा आफ्ना इजिप्टका समकक्षी बदर अब्देलातीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल गर्नुभएको छ ।

इराकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार हुसेनले यस क्षेत्रमा तनाव कम गर्ने प्रयासमा इजिप्टको भूमिका र सबै पक्षहरूसँगको रचनात्मक संलग्नताको प्रशंसा गर्नुभयो । उहाँले वार्तालाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयासहरूमा इराकको समर्थन रहेको पनि पुष्टि गर्नुभयो ।

उहाँले वर्तमान चरणमा क्षेत्रीय स्थिरता सुदृढ गर्ने समझदारीमा पुग्न व्यापक र समन्वयित कार्यको आवश्यकता रहेको बताउनु भयो ।अब्देलातीले विद्यमान अमेरिका–इरान युद्धविरामका जोखिमहरूका बारेमा चर्चा गर्दै यसलाई कमजोर पार्न सक्ने तनावलाई रोक्न प्रयासहरू तीव्र पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले वर्तमान संकट समाधान गर्न, क्षेत्रीय सुरक्षा पुनःस्थापना गर्न र अन्तर्राष्ट्रिय कानूनको पालनालाई सुदृढ गर्न अरब लिगको भूमिकालाई सक्रिय पार्ने उपायहरूका बारेमा पनि छलफल गर्नुभयो ।

फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए । जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीका साथै वरिष्ठ सैन्य कमाण्डर र नागरिकहरूको मृत्यु भएको थियो । इरानले मध्य पूर्वमा इजरायल र अमेरिकी सम्पत्तिहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमणको लहरका साथ प्रतिक्रिया दियो र हर्मुज जलडमरूमध्यमा नियन्त्रण कडा बनायो ।

वाशिंगटन र तेहरानबीच भएको दुई हप्ताको युद्धविराम बुधवारदेखि लागू भएको छ र शान्ति वार्ता यस हप्ताको अन्त्यमा पाकिस्तानको इस्लामाबादमा शुरु हुने तालिका छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल