२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ क्षेत्रमा भेटिएका फ्रान्सेली नागरिक सुरक्षित, अफवाह नफैलाउन प्रहरीको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक वेवारिसे अवस्थामा रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टिकरण दिएको छ।

प्रहरीका अनुसार उक्त विदेशी नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमै बस्दै आएका थिए। आर्थिक समस्याका कारण उनले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटप लगायतका सामान आफू बस्दै आएको होटलमै छाडेर हिँडेका थिए।

प्रहरीले ती नागरिकलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई अध्यागमन विभागमा बुझाइसकेको जनाएको छ। सोधपुछका क्रममा उनको कुनै सामान चोरी वा लुटपाट नभएको समेत खुलेको प्रहरीले जानकारी दिएको छ।

साथै प्रहरीले घटनाको यथार्थ नबुझी सामाजिक सञ्जालमा भिडियो वा तस्बिरहरू शेयर नगर्न आग्रह गरेको छ। केही लाइक्स वा भ्युजका लागि भ्रम र अफवाह फैलाउने गतिविधि नगर्न पनि सबैलाई अनुरोध गरिएको छ।

यस घटनासम्बन्धी भिडियो प्रहरीलाई उपलब्ध गराई जानकारी गराउने सबैलाई धन्यवाद समेत व्यक्त गरिएको छ।