६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा दुई सय ६६ दीर्घरोगीलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घरोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ । उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर, मुटुरोग, मिर्गौलाका बिरामीलाई सहायता रकम प्रदान गरिएको हो । यसैबीच, ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका बिरामी र मानसिक रोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।

यसबाट व्यासका चार हजार ७१५ जना लाभान्वित भएका छन् । चालु आवको प्रथम आठ महिनामा छ देखि ५९ महिनासम्मका पाँच हजार १६३ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।

दशदेखि १४ वर्षका सात सय ८९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप लगाइएको छ ।




भर्खरै