९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा
अ अ+ अ-

खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत १९ देखि शनिबारसम्म शिविर सञ्चालन गरिएको थियो ।

त्यस क्रममा एक सय ४९ जनाको आँखाको शल्यक्रिया, चार सय ८५ ज्येष्ठ नागरिकलाई चस्मा वितरण, सात सय ७० जनालाई औषधि वितरण र शल्यक्रिया गरिएका एक सय १५ जनालाई कालो चस्मा वितरण गरिएको थियो ।

शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभएको छ ।

कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी निःशुल्क शल्यक्रियासहितको शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको शिविरको एक कार्यक्रमका बीच आज कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले समापन गर्नुभयो ।

विसं २०६० वैशाख १० मा स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । रासस