काठमाडौं । सरकारले सरकारी कार्यालयको समय पुनः निर्धारण गर्दै बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा नयाँ समय तालिका लागू गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै अब सम्बन्धित कार्यालयहरू उक्त समयअनुसार सञ्चालन हुनेछन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूका लागि मात्रै यो व्यवस्था लागू गरिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार निर्णयअनुसार ती कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा सञ्चालन हुनेछन्।











