५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फातीको गोलमा बार्सिलोनाको शान्दार जित



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले ईन्टर मिलानलाई हराएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सिरि ए क्लब ईन्टर मिलानलाई २–१ ले हराएको हो । बार्सिलोनासंग पराजित ईन्टरको च्याम्पियन्स लिगमा नकआउट चरण पुग्ने सम्भावना सकिएको छ । बार्सिलोना यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ । ईन्टरको हारले जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा पुग्न सफल रह्यो ।

खेलको २३ औ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । सिरि ए क्लब ईन्टरका रोमेलु लुकाकुले ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ८६ औ मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा ८५ औ मिनेटमा मैदान छिरेका फातीले दोस्रो मिनेटमै गोल गर्न सफल भए । लुईस स्वारेजको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

फाती च्याम्पियन्स लिगको ईतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । सोही समूहको अर्को खेलमा डर्टमण्डले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले हरायो । र १० अंक सहित दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्यो । ईन्टर ७ अंक सहित तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानको बार्सिलोनाको १४ अंक रह्यो ।