काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेका बन्दी प्रत्यक्षीकरण रिट निवेदन न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुदैछ ।
‘जेनजी’ आन्दोलनका घटना छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई यही चैत १४ देखि प्रहरीको हिरासतमा राखिएको छ।
पक्राउ गैरकानुनी भएको दाबी गर्दै यही चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो । ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।











