२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिबास युथ क्लबद्वारा बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान



अ+ अ-

महोत्तरी। बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ ।

‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको रु २५ लाख बराबरको भएको बताइएको छ । अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि रु २४ लाख ८६ हजारको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।

बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले आज यहाँ आयोजित कार्यक्रम बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई सो मेसिन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब यस अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिनुभयो । रासस