९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई



अ+ अ-

काठमाडाैँ । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हाल्नु भएकामा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उहाँप्रति बधाई ज्ञापन गर्नुभएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिनु भएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।