१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग



अ+ अ-

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् । समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताउनुभयो ।

विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उहाँले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गर्नुभयो । विमानस्थलकै कारण नहर बन्द हुँदा झण्डै छ हजार रोपनी उर्बर भूमी बाँझो हुने अवस्थामा पुगेकाले सिँचाइको अबिलम्ब विकल्प दिन उहाँले माग गर्नुभयो ।

स्थानीय राजकुमार थापाले आफ्नो ३० रोपनी जग्गामध्ये २० रोपनी विमानस्थलकै कारण अधिग्रहणमा परिसकेकाले थप जग्गा अधिग्रहणको सूचनाले बाँकी जग्गासमेत नरहने दुःखेसो व्यक्त गर्नुभयो । सरकारले आवश्यक पर्ने जग्गाको एकै पटक यकिन नगरी पटक पटक जग्गा अधिग्रहणका सूचना जारी गर्दा स्थानीयवासीलाई त्रसित बनाएको भन्दै उहाँले आफूहरूले थप जग्गा अधिग्रहण गर्न नदिने बताउनुभयो । स्थानीय समाजसेवी किरण पौडेलले स्थानीयले उठाएका माग र पीडालाई उचित सम्बोधन गर्ने गरी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।