१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा स्याङ्जामा जीप चालक पक्राउ



अ+ अ-

काठमाडाैँ । स्याङ्जामा सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेकी एक किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चैत १६ गते अपराह्न करिब ४:३० बजे पोखराबाट वालिङतर्फ जाँदै गरेको सार्वजनिक जीपका चालकले सवारी साधनको बाँया सिटमा बसेकी १६ वर्षीया बालिकामाथि ‘ब्याड टच’ लगायत अस्वाभाविक व्यवहार गरेको आरोप लागेको हो।

घटनापछि वडा प्रहरी कार्यालय वालिङ तथा अस्थायी प्रहरी पोष्ट रामबाच्छाबाट खटिएको प्रहरी टोलीले चालकलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्जाको विरुवा गाउँपालिका–७ निवासी ४९ वर्षीय अन बहादुर गुरुङ रहेका छन्। उनी चलाइरहेको सवारी साधनको नम्बर ग.१ ज. ७०६६ रहेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न चालकविरुद्ध बालयौन दुरुपयोग कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। मिति २०८२ चैत १७ गते स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।