३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल युरोपा लिगको नकआउट चरणमा



अ+ अ-

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ । समूह एफको अन्तिम खेलमा स्टान्डर्ड लिजसंग २–२ गोलको बराबरी खेल्दै आर्सनल समूह विजेता बन्दै नकआउट प्रवेश गरेको हो । दोस्रो हाफमा २–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै आर्सनलले खेल बराबरी गर्न सफल भयो ।

खेलमा अग्रता घरेलु टोली स्टान्डर्ड लिजले ४७ औं मिनेटमा स्यामुयल बास्टियनको गोलबाट लिएको थियो ।६९ औ मिनेटमा सेलिम अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । एलेक्जेन्डर लाकाजेटले ७८ औ मिनेटमा आर्सनललाई खेलमा फर्काउने कोशिश गरे ।

८१ औ मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । बराबरीसंगै आर्सनल समूह एफको शीर्ष स्थानमा रह्यो । उसले ११ अंक जोड्यो । फ्रान्कफर्ट ९ अंक सहित उपविजेता रह्यो ।