१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छः मन्त्री डा तिमिल्सिना



अ+ अ-

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । हुलाक सेवा विभागको कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पुरातात्विक तथा ऐतिहासिक महत्त्वका तीन नयाँ हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा विभागको स्वीकृत ‘फिलाटेलिक कार्यक्रम’अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइएको हो । त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले मुलुकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पु¥याउन सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा तिमिल्सिनाले सरकारको सयबुँदे मार्गचित्रअनुरूप नयाँ ढङ्गले कामको गति बढाउनेगरी कार्ययोजना पेस गर्न विभागलाई निर्देशन दिनुभयो । उहाँले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गर्नुभयो । मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ गतिका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताउनुभयो । विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले टिकटले अन्तरराष्ट्रिय जगत्मा महत्त्वपूर्ण योगदानका गर्ने बताउनुभयो ।

उहाँले हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताउनुभयो । सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागको तर्फबाट स्वागत गर्नुका साथै विभागको कामकारबाहीबारे जानकारी गराइएको थियो ।