१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्चालन हुने



अ+ अ-

काठमाडौं । जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा दूतावासले घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

उक्त घुम्ती शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि ‘लाइभ इन्रोलमेन्ट’ कार्य, बच्चाको राहदानी नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत सेवाहरु प्रदान गरिने छ ।

विद्युतीय राहदानी नवीकरण÷नयाँ जारीका लागि एक हजार ६०० स्लट खुलाइएकामा सबै स्लट बुक भइसकेको र आवश्यकताअनुसार थप स्लट आज बेलुका ५ बजे खुलाइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यका लागि राहदानी विभागबाटसमेत दुई जना कर्मचारी जापान जाने कार्यक्रम तय भएको छ । साथै, यस घुम्ति शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने छ ।

नेपाल सरकार÷नेपाली राजदूतावासबाट निर्धारित राजस्व बाहेक कही, कतै, कुनै पनि रकम नबुझाउन र नलिन तथा उक्त राजस्व पनि सम्बन्धित स्थानमा मात्र बुझाउन दूतावासले जानकारी गराएको छ ।