१९ भाद्र २०८३, शुक्रबार
,
Latest
दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेहरानस्थित अल अरबी च्यानलको कार्यालयमा क्षति



अ+ अ-

तेहरान। कतारी समाचार च्यानल अल अरबीले तेहरानमा रहेको आफ्नो कार्यालय रहेको भवनमा इजरायली क्षेप्यास्त्र प्रहार भएको र यसबाट कार्यालयमा क्षति पुगेको जनाएको छ ।

“इजरायली क्षेप्यास्त्रले राजधानी तेहरानमा रहेको अल अरबी टिभी च्यानलको भवनलाई लक्षित गरेको छ । आक्रमणबाट अरबी च्यानलको कार्यालयमा व्यापक क्षति भएको र प्रत्यक्ष प्रसारण अवरूद्ध भएको छ,” अल अरबीलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा उल्लेख गरेको छ।

कार्यालयभित्रको फुटेजमा फुटेका झ्याल, फुटेको सिसा र भग्नावशेष देखिएको छ । भवनको बाहिर, तस्बिरहरूले सडकहरू भग्नावशेषले ढाकिएको र वरपरका भवनहरूमा पनि क्षति पुगेको देखाइएको छ।

उक्त क्षेत्रमा कुन कुन संरचनामा लक्षित गरिएको थियो भन्ने स्पष्ट भइसकेको छैन । अल अरबीको कार्यालय उत्तरपूर्वी तेहरानको आवासीय भागमा अवस्थित छ।

तेहरानस्थित च्यानलका ब्यूरो प्रमुख हाजेम कल्लासले भन्नुभयो, “म युद्धको रिपोर्ट गरिरहेको थिए । एक्कासी कायौलयमा मिसाइल प्रहार भयो।”
कल्लासले एक्समा पोस्ट गरेको एक भिडियोमा चार तले भवनको विशेष गरी पहिलो र दोस्रो तलामा अग्रभागमा स्पष्ट रूपमा क्षतिग्रस्त भएको देखिएको छ।

“भवन भएको यो क्षेत्र आवासीय र व्यावसायिक दुवैका लागि हो,” उहाँले भन्नुभयो, “भवनमा फिजियोथेरापी सेन्टर, ब्युटी सैलुन, डेन्टल क्लिनिक र क्याफे पनि छन्।”

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध आक्रमण गरेपछि इरानमा युद्ध सुरु भएको थियो, जसका कारण इरानका सर्वोच्च नेतालगायत कैयौँ नेता मारिएका छन् । द्वन्द्वको प्रभाव अहिले मध्यपूर्वमा फैलिएको छ ।

मार्च २ मा रुसको सरकारी आरटी टेलिभिजन न्युज नेटवर्कले उत्तरी तेहरानमा रहेको आफ्नो कार्यालयमा इजरायली आक्रमणमा क्षति पुगेको बताएको थियो । रासस