२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली, लेखक पक्राउः एमाले सडकमा, कांग्रेस अनिर्णित



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आज बिहाज एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको बिरुद्धमा दशैभरि आन्दोलन गर्ने भएको छ ।

आजै दिउँसोदेखि काठमाडौँको बबरमहल र माइतीघरका अतिरिक्त विभिन्न जिल्लामा पनि प्रदर्शन भएको छ । एमालेले आजै बिहान पार्टीको केन्द्रीय समितिको बैठक गरेर सोको विरोध गर्ने निर्णय गरेको थियो ।

आज बिहानै बसेको एमालेको आकस्मिक बैठकले सरकारको ओली र रमेश लेखकलाई पक्राउ गरेको विरुद्धमा देशैभरि सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । ओली पक्राउ परेपछि वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो ।

एमालेले प्रकाशन गरेको विज्ञप्तिमा पनि ओली र लेखकको पक्राउको विरोध गरिएको कुरा स्पष्ट उल्लेख छ ।

तर यता नेपाली कांग्रेस भित्र भने यस विषयले प्रवेश नै भएको छैन । आफ्ना नेता रमेश लेखकको पक्राउका विरुद्धमा अहिलेसम्म कांग्रेसबाट कुनै आधिकारिक धारणा नै आएको छैन ।

लेखक पक्राउको विरुद्धमा एमालेको बैठकमा नै कुरा भएको भए पनि यता कांग्रेसमा भने आफ्नै पार्टीका नेता रमेश लेखकको पक्राउका विषयमा केही आधिकारिक धारणा नै अएको छैन ।

शेरबहादुर देउवा र यता गगन थापा नेतृत्वको कांग्रेस दुवै तफबाट केही धारणा बाहिर अएको छैन । लेखक देउवा पक्षीय कांग्रेस हुन् । तर हालैमात्र सम्पन्न भएको विशेष महाधिवेसनमा गगन थाप नेतृत्वको कांग्रेसले वैधानिकता पाएपछि भने लेखक पार्टीको कुनै कमिटीमा छैनन् ।




भर्खरै