२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवास पुगेका प्रहरीलाई ओलीले भने– बोलाएको भए आफैँ आउथेँ, किन यत्रो हुल चाहिन्थ्यो र ?



अ+ अ-

काठमाडौँ । आज बिहानै ६ बजे अफ्नो निवास भक्तपुरको गुण्डु पुगेका प्रहरीलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए— यतिधेरै हुल लिएर किन आउनुभयो ? त्यसपछि त्यहाँ पुगेका प्रहरीले पक्राउ पूर्जी देखाए र हामी त हजुरलाई लिन आएको हजुर भने ।

प्रहरी टोली ओली निवास पुग्दा गेट बन्द थियो । सायद बिहान खोल्ने बेला पनि भएको थिएन होला । त्यसपछि प्रहरीले गेट खोल्न अनुरोध गरे, तर सुरुमै खोलिएन । उनको घरका केही व्यक्तिले ढोका खोल्न अस्वीकार गरेका थिए ।

पक्राउका लागि एक जना प्रहरीले ढोका खोल्न अनुरोध गर्दै भने— हामी सम्माननीयज्यूलाई पक्राउ गर्न आएको ढोका खोलिदनुपरो । हामी उहाँलाई सम्मानपूर्वक लान्छौं ।

त्यहाँ एकैछिन् धकेलाधकेल पनि भएको थियो । ती प्रहरी अधिकारीले भन— हामी ६ बजेतिर पुग्यौँ । सुरूमा केहीले ढोका खोल्न मानेनन् । त्यहाँ एकैछिन् धकेलाधकेल भयो । त्यसपछि केही भएन, उहाँ आफैँ तयार हुनुभयो अनि उहाँकै गाडीमा लिएर गयौँ ।

ती प्रहरी अधिकारीसँग ओलीले भने— ठिकै छ अब तपाईंहरू आउनुभयो । मलाई फोन गरेरबै बोलाएको भए पनि आफैँ आउँथेँ होला । प्रतिशोध लिन खोज्यो सरकारले । त्यसको जबाफमा ती प्रहरीले भने— हामी त राज्यको सिपाही हो हजुर, आदेश अनुसार आएको ।

त्यसपछि ओलीले भनेका थिए— हो, ’मैले बुझेँ । यसो भन्दै ओलीले आफूलाई चाहिने औषधि झोलामा हाले र प्रहरीसँगै बाहिर निस्के ।




भर्खरै