१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन वर्थोन्घेनको गोलमा टोटेनहमकाे जित



अ+ अ-

ईङलिस प्रियिमर लिग फुटबलमा टोटेनहमले नाटकीय जित निकालेको छ । आईतबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले टोटेनहमले पराजित गर्न सफल रह्यो ।बराबरीतर्फको खेलमा टोटेनहमले ईन्जुरी समयमा गोल गर्दै जित निकाल्न सफल रहेको हो ।

जन वर्थोन्घेनको ईन्जुरी समयको गोलबाट टोटेनहमले जित आत्मसाथ गरेको हो । सोही गोल उल्भ्सको ११ खेलको अपराजित यात्रा टुङ्गाउन पर्याप्त रह्यो । ईन्जुरी समयमा कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए । खेलमा अग्रता टोटेनहमले आठौं मिनेटमा लुकास मौराको गोलबाट लिएको थियो ।

दोस्रो हाफमा एडमा ट्रारेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काएका थिए । टोटेनहम २६ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । उल्भ्स २४ अंक सहित आठौंं स्थानमा रह्यो ।