५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, १२:३४ बजे विशेष समारोह आयोजना हुने



अ+ अ-

काठमाडाैँ । मुलुकले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि तय गरिएको बताइएको छ। समारोहलाई विशेष बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू समेत समावेश गरिएको छ।

कार्यक्रममा सात वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन गरिने तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तयारी रहेको छ।

शपथ ग्रहणपछि प्रधानमन्त्री शाहले दिउँसो करिब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको जनाइएको छ।