१० असार २०८३, बुधबार
,
Latest
महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए । “आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उनले भने।

आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताए ।