५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै एस्टन भिल्ला सेमिफाइनलमा



अ+ अ-

एस्टन भिल्ला काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिभरपुललाई ५–० गोल अन्तरले पराजित गर्दै एस्टन सेमिफाइनलमामा पुगेको हो । युवा खेलाडीले भरिएको लिभरपुलविरुद्ध जित निकाल्न एस्टनका जोनाथन कोड्जियाले दुई गोल गरेका थिए ।

यस्तै वेस्ली र कोर्नर हौरिहानेले एक एक गोल गर्दा एस्टनले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका मोर्गन बोएसले आत्मघाती गोल गरेका थिए ।

सिनियर टिम फिफा क्लब विश्वकपका लागि कतारमा रहदा भिल्लाविरुद्ध लिभरपुलले यू-२३ टिमका खेलाडी मैदान उतारेको थियो । क्लब विश्वकपमा लिभरपुलले बुधबार मोन्टेरीसँग खेल्दैछ ।