२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैनः उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताउनुभएको छ । 

आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेले संसद अवरुद्ध गरेको तर्फ इंकित गर्दै अब संसद अवरुद्ध गरेर केही प्राप्त हुन नसक्ने बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिदैँ संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि तन्त्र हुन नसक्ने बताउनुभयो । अध्यक्ष यादवले पटक पटक सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको भएपनि सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र परेको र बेपत्ता पारिएका परिवारले न्याय नपाएको भन्दै उनीहरुले न्याय पाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा अझैपनि वर्ग विभेद र वर्ण विभेद कायम रहेको बताउनुभयो । उहाँले मधेशी, आदिवासी, जनजाति, दलित, थारु लगायतका मुक्तिका सवालहरु अझै अलपत्र रहेको भन्दै यस्ता राष्ट्रिय सवालहरुलाई सम्बोधन नगरी राष्ट्रिय एकता बलियो नहुने र आर्थिक सम्वृद्धि तथा परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई इंकित गर्दै विगतका प्रधानमन्त्रीहरुले गरेको गल्तीहरुलाई गनेर मात्रै अव समस्याको समाधान नहुने बताउनुभयो । 

विगतका कमी कमजोरी र कमीलाई सच्याएर र सुधार गरेर त्यसको अनुभुति जनताले पाउनुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष यादवले संविधान संशोधन, गणतन्त्र संस्थागत गर्न, उत्पीडित जाति, वर्गको मुक्ति र आर्थिक समृद्धिका माओवादी केन्द्रको अधिवेशन अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।