३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीमा एम्बाप्पेको लगातार गोल



अ+ अ-

फ्रान्सेली लिग कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोल अन्तरले हराएको हो ।पीएसजीले खेलमा अग्रता २१ औं मिनेटमा पाब्लो सर्बियाको गोलबाट लिएको थियो । डी मारियाको पासलाई सदुपयोग गर्दै सर्बियाले गोल गरेका थिए । पीएसजीका लागि दोस्रो गोल ४० औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले गरे ।

केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । त्यसको एक मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । जितसंगै पीएसजी लिग कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पीएसजीका लागि एम्बाप्पेले छैटौै खेलमा समेत गोल गर्न सफल भए । उनले पछिल्लो ६ खेलमा पीएसजीका लागि ७ गोल गरेका छन् ।

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाएका थिए । ५३ औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि एक गोल फर्काएका थिए । पीएसजीले शनिबार अब लिग वान खेलमा अमिन्ससंग प्रतिस्पर्धा गर्नेछ ।