३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा आत्मसमीक्षा र आत्मालोचना गरिने छः प्रचण्ड (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा आफूहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताउनुभएको छ । 

आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति र कार्यनीतिको सम्बन्धमा कहाँ चुक्यो त्यसको समिक्षा हुने बताउनुभयो । 

उहाँले माओवादी पार्टी अहिले कमजोरजस्तो देखिनुमा अरुलाई आरोपित नगर्ने भन्दै आफु प्रमुख नेता भएकाले आफैँलाई चिरफार गरेको पनि उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहाने र समाजवादी आन्दोलनलाई अगाडी बढाउन चाहानेहरु सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – ‘यो महाधिवेशनबाट हामीले गर्न चाहेको कुरा एउटा चाहीँ आत्मासमिक्षा नै हो । आत्माआलोचना नै हो । हामी शान्ति प्रक्रियामा आएपछि कहाँ कहाँ चुक्यौँ ? विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा, संरचनाको क्षेत्रमा, रणनीति, कार्यनीतिमा कहाँ चुक्यौँ ? र यति चाहीँ म सुरुमै भन्न चाहान्छु, यो प्रस्तावमा सबभन्दा धेरै आत्मसमिक्षा मैले मेरै गरेको छु । तपाईहरुले त्यो प्रतिवेशन पारित भइसकेपछि देख्नुहुनेछ । जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने, बाह्रबुँदे समझदारी गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधानसभा प्रधानमन्त्रीजीले जसरी भन्नुभयो, यो सबै अवसर पनि मलाई प्राप्त भयो । 

अहिले माओवादी आन्दोलन कमजोरजस्तो, माओवादी पार्टी कमजोरजस्तो देखिनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । मैले प्रमुख नेताको हैसियतले म भित्र नै खोज्नु पर्छ भनेर मैले आफैलाई चिरफार गरेको छु । मलाई लाग्छ यसले हामी सबैलाई, खालि माओवादीलाई मात्रै होइन, नेपालमा साँचो अर्थमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहाने, समाजवादी अभियानलाई साँचो अर्थमा अगाडी बढाउन चाहानेहरु सबैलाई एउटा उत्प्रेरणा देओस् भन्ने उद्देश्यको साथ यो महाधिवेशनमा हामी प्रस्तुत हुँदैछौँ ।’

उहाँले नेकपा एमालेसँग गलत उद्देश्यले एकता नगरेको भन्दै के कारणले पार्टी विभाजन हुन पुग्यो समिक्षा आत्मसमिक्षा गर्न नेकपा(एमाले)का नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उहाँले स्पष्ट पार्नुभयो । पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उहाँले समिक्षा आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म सिंगो नेकपा(एमाले)का साथीहरुलाई भन्न चाहान्छु, हामीले गल्ती गरेका थिएनौँ । फेरी एकचोटी आत्मसमिक्षा गरौँ । कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले त्यत्रो सपना हामीले आफैले भत्कायौँ ? त्यसको समिक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पुरा गर्ने उद्देश्य राखेका थियौँ ।’

आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्ने भएको छ । सोमवार देखि बन्दशत्र सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।